बेनी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने गुइठेभीरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा यातायात सेवा अवरुद्ध भएको हो । 

बिहीबार राती खसेको पहिरो पन्छाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका एक्साभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । ठूलो पहिरो खसेकाले पन्छाउन दिनभर लाग्ने उनको भनाई छ । 

Subscribe Nijgadh TV on Youtube
यो भिडियो पनि हेरौ 

ADD

देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन् ।  सडक अवरुद्ध हुँदा स्थानीयबासी, मुक्तीनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गुइठेभीर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक-पटक पहिरो खस्ने गरेको छ ।