युथ अफ निजगढको छैठौं साधारण सभा शनिवार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष सागर तमाङको अध्यक्षतामा सम्पन्न साधारण सभामा निजगढ नगरपालिकाका सुचना अधिकारी नबिन खनालको प्रमुख आतिथ्यता रहेको थियो । निजगढ नगरपालिका ४ मोहोरीमा आयोजित साधारण सभाले नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

Subscribe Nijgadh TV on Youtube
यो भिडियो पनि हेरौ 

ADD

गंगा माया श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरीयको हो । क्लबको उपाध्यक्षमा मुना बुढाथोकि, महासचिबमा ईराज कोईराला, सचिब कमल बजगाँई कोषाध्यक्षमा अशोक श्रेष्ठ सहसचिबमा लक्ष्मी पाण्डे चयन हुनुभएको छ । सदस्यमा प्रलाद तिमल्सिना , सन्तोष पौडेल ,जगत बहादुर न्यौपाने, रबि साप्कोटा , श्याम श्रेष्ठ , मुक्ती प्रसाद सुवार र इन्दिप कोईराला रहनु भएको छ । कार्यक्रमको संचालन क्लबका सल्लाहकार भाईकाजी श्रेष्ठले गर्नभएको थियो ।

विगत लामो समय देखी सामाजिक कार्यमा अग्रसर रहेको निजगढको यस संस्थाले विभिन्न सामाजिक कार्यमा अग्रसर रहेर काम गरीरहेको छ ।