नवराज चौलागाईं, निजगढ,१५ पौष ।
पर्यटन वर्ष २०२० को शुभारम्भको अवशरमा निजगढमा बुधबार हुने राईड़ टु निजगढ साईक्लिङ्ग कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको छ ।

आज कार्यक्रम बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको सम्पूर्ण तयारि पुरा भएको जनाईएकोहो । कार्यक्रमको मुख्य सहयोगीको रुपमा रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले पर्यटन वर्षलाई सफल बनाउन स्थानीय स्तरबाट नै सम्पूर्ण सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० राष्ट्रिय उत्सवको रुपमा रहेकाले नगरपालिकाले उल्लासका साथ कार्यक्रम गर्न लागेको जनाउनुभयो ।

Advertizee

निजगढ स्थित द्रुतमार्ग प्रवेशद्वारको जिरोकिलो बाट बिहान १० बजेबाट शुरु हुने हुने राईडीङ निजगढका पर्यटकीय स्थलको भ्रमण गरेर समापन हुने पत्रकार सम्मेलनमा जानकारी दीइएकोथियो । कार्यक्रममा साईक्लिङ्ग,मोटरसाईकल र्याली र जिप सफारी गरेर नगरका पर्यटकीय क्षेत्रहरुको परिक्रमा गरिने जनाईएको छ ।

नगरपालिकाका जनप्रतिनिधि,स्थानीय व्यवसायी,संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको पत्रकार सम्मेलनको संचालन पत्रकार महेश्वर अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमको मिडिया पार्टनरमा रेडियो मध्य तराई , रेडियो निजगढ , निजगढ समाचार साप्ताहिक , फास्ट ट्रर्याक साप्ताहिक र निजगढ डटकम रहेका छन ।