बिपिन अधिकारी , निजगढ
नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० को निजगढमा भव्यका साथ शुभारम्भ भएको छ ।

निजगढ नगरपालिकाको मुख्य सहयोग र निजगढका बिभिन्न संघ संस्थाहरुको सहकार्यमा निर्मित मूल समारोह समितिको आयोजनामा सम्पन्न कार्यक्रममा निजगढका पर्यटकीय गन्तव्यहरुको परिक्रमा गरिएको थियो । राईड टु निजगढ कार्यक्रम मार्फत नगरको १३ वटै वडाहरुको भ्रमण गरिएको हो । कार्यक्रममा बारा र मकवानपुरका ६० जना साईकलयात्रीहरु,२५५ जना मोटरसाईकलयात्री र जिप मार्फत पर्यटकीय गन्तव्यहरुको भ्रमण गरिएको थियो ।

Advertizee

कार्यक्रममा प्रदेश ०२ को एकमात्रै निजगढ भ्यू टावर,हिरालालपार्क, मोहोरी पार्क,प्रदेश ०२ को एक मात्रै लामा भाषा पाठशाला पल्युल साम्तेलिङ्ग गुम्बा,शक्तेश्वर महादेव मन्दिर र झरना परिसरको यात्रा गरेर नगरको पर्यटकीय गन्तव्यहरुको प्रचार गरिएको थियो । निजगढका मेयर सुरेश कुमार खनाल र उपमेयर लिलादेवी लामिछाने खनालले साईकलयात्रिहरुलाई राष्ट्रिय झण्डा प्रदान गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

होटेल तथा पर्यटन व्यवसायी संघ निजगढका अध्यक्ष प्रभात सिग्देलको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेयर र उपमेयर सहित,होटेल तथा पर्यटन व्यवसायी संघ प्रदेश २ का सल्लाहकार य’वराज लामा,होटेल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछाने लगायत स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगर क्षेत्रको पर्यटन बिकास गर्नका लागि भ्रमण वर्षको शुभारम्भ अवशरमा आयोजित यस कार्यक्रमले पर्यटन क्षेत्रमा योगदान पुग्ने निजगढका मेयर सुरेश कुमार खनालले विश्वाश व्यक्त गर्नुभयो । मेयर खनालले नगरपालिकाले पर्यटन प्रवर्धन गर्नकालागि आवश्यक भौतिक संरचना निर्माण लगायत प्रचारप्रसारको कार्यलाई पनि तीव्रता दिने बताउनुभयो । भौगोलिक बनावट र गन्तव्यको हिसाबले निजगढ प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको दाबि गर्दै मेयर खनालले कार्यक्रम मार्फत यसको बिकासमा थप मद्धत पुग्ने बताउनुभयो ।

कार्यक्रम हर्षोलासका साथ सम्पन्न भएको छ । यात्रीहरुलाई मौलिक बाजा र फुलमाला सहित बिभिन्न स्थानहरुमा स्वागत समेत गरिएको थियो । निजगढस्थित द्रुतमार्ग प्रवेशद्वारबाट शुरु भएको कार्यक्रमको संचालन पत्रकार महेश्वर अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य बकैया नागमणि सामुदायिक वन उपभोक्ता समुह निजगढ ८ का अध्यक्ष रविराज दंगालले गर्नु भएको थियो ।