जोमसोम : बर्खायाम गुल्जार भइरहने मुस्ताङ हिउँदयाम लागेपछि गुमनाम बनेको छ । हिमपातसँगै जाडो बढेकाले पर्यटकको रौनक घटेको हो । स्थानीय पर्यटन व्यवसायी समेत व्यवसाय बन्द गरी जिल्ला बाहिरिएका छन्।

मुस्ताङ सदरमुकाम जोमसोम र पुथाङ एयरपोर्ट आसपासमा संञ्चालित होटल तथा रेष्टुरेन्ट यतिबेला आधाजसो बन्द छन् । तर केहीले भने होटल खुल्ला गरी पर्यटकको पर्खाइमा बसेका छन् । मुस्ताङको तापक्रम माइनस १५ डिग्री भन्दा माथि पुगेको छ । 

Subscribe Nijgadh TV on Youtube
यो भिडियो पनि हेरौ 

ADD

यस्तै, उपल्लो मुस्ताङको लोमान्थाङ ,चराङ र घमीलगायतमा संञ्चालित अधिकांश होटल पनि बन्द छन् । मुक्तिनाथका अधिकांश होटल भने खुल्लै रहेको पर्यटन व्यवसायी मानबहादुर थकालीले जानकारी दिए ।

हिउँ पर्न रोकिए पनि बेजोडको उत्तरी हावा चल्ने र अत्याधिक जाडो बढेकाले सदरमुकाम जोमसोम बजारमा मानिसको आउजाउ पातलिएको छ । संघीय सरकारअन्तर्गतका संघ ,प्रदेश र स्थानीय तहका कर्मचारीको उपस्थित अत्यन्तै न्युन छ भने सेवाग्राहीको उपस्थित समेत देखिदैन । 

राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकको प्याकेज २,३ र ४ वटा खण्डमा केही उपकरणले सडक फराकिलो पार्न रककटिङको काम गरेपनि अन्य कार्यालयहरुको भौतिक पूर्वाधार विकासको काम ठप्पै भएको हो । 

जिल्लास्थित कार्यालयका कर्मचारी तालिम ,सेमिनार ,गोष्ठी र बिदाको बहाना बनाएर जाडो छल्न बेसी झरेको बुझिएको छ । केही कार्यालयका प्रमुखले आलोपालो मिलाएर बेसी झरेको जनाइएको छ। त्यसो त हिउँदयाम लागेपछि कतिपय स्थानीय तहका जनप्रतिनिधि पनि जाडो छल्न बेसी झर्ने गरेका छन्।

जिल्लाको घरपझोङ ,वारागुङ र थासाङ गाउँपालिकाका कार्यालयमा केही कार्यालय सहयोगी र आशिंक कमृचारीले पालिका धानेर बसेका छन् भने उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले नागरिकलाई अतिआवश्यकीय सेवा उपलब्ध गराउन पोखरामा सम्पर्क कार्यालय खोलेको लोमान्थाङका अध्यक्ष सुबर्णकुमार बिष्टले जानकारी दिए ।

उनले जिल्लामा जाडो र हिमपातका कारण अधिकाँश स्थानीयबासी बेशी झरेको र जाडोले गर्दा विकासका काम ठप्प भएको जनाए । बर्खायाममा दैनिक सयौंको संख्यामा सवारी आउजाउ गर्ने मुस्ताङमा यतिबेला दैनिक १५ वटा भन्दा कम सवारी भित्रिने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । यस्तै , पोखरा-जोमसोम हवाई सेवाको उडान घटेर २ वा १ उडानमा सीमित भएको छ ।