बिपिन अधिकारी , निजगढ
बाराको निजगढ नगरपालिका वडा नं. १० लालका असहाय तथा अनाथ बालबालिकालाई २२ थान न्यानो कपडा (स्वेटर) तथा खाद्य सामाग्री वितरण गरिएको छ ।

अनाथ बालबालिकालाई अध्यापन गराउदै आएको हाम्रो मामाघर सस्थालाई माघे संक्रातीको अवसरमा गृहिणी महिला संघ नेपाल पुल्चोक र आमा अभियान नेपाल काठमाडाको संयुक्त आर्थिक सहयोगमा न्यानो कपडा (स्वेटर) तथा खाद्य सामाग्री वितरण गरिएको हो ।

Advertizee

आमा अभियान नेपालकी अध्यक्ष एवं गृहिणी महिला संघ नेपालकी महासचिव हिरादेवी तिमल्सिना र गृहिणी महिला नेपाल संघकी अध्यक्ष अमृता शर्माको नेतृत्वमा सस्थामा अध्ययनरत २२ बालबालिकाको २२ थान न्यानो कपडा (स्वेटर) तथा खाद्य सामाग्री मामा घरका अध्यक्ष उदयराज अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य पवन विक ,युवा समाजसेवी तिलक बहादुर घलान, निकेश तिमलसिना ,यश बहादुर स्याङ्तान, कृयाशिल बचत तथा ऋण सहकारी संस्थाकोे सहभागिता रहेको थियो ।