बाराको निजगढ वडा नं १३ स्थित भक्तलाल निवासी ट्यूमर पीडित सुनमाया थापाको उपचारका लागि आर्थिक सहयोग संकलन सुरु भएको छ । विगत १३ वर्षदेखि गालाको ट्यूमरको उपचार गराउन नसकेपछी उनको ट्युमर वथावतनै रहेकोछ ।


निजगढका युवाहरुको संस्था युथ अफ निजगढले शनिबार सुनमायाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । क्लबकी अध्यक्ष गङ्गामाया श्रेष्ठले पीडितलाई नगद ११ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन विकले जानकारी दिए । विगत केहि समय देखी स्थानिय युवा नेता तिलक घलानले विभिन्न संघ सस्थामा सुनमायाको सहयोको लागी अपिल गरिरहेका थिए ।

Advertizee


वडा कार्यालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष सुर्य घलान, क्लबका सल्लाहकार भाईकाजी श्रेष्ठ , महासचिव इराज कोइराला , सचिब कमल बजगाई, कोषाध्यक्ष अशोक श्रेष्ठ , सदस्यहरु प्रलाद तिमल्सिना , सन्तोष पौडेल , मुक्ती प्रसाद सुवार र इन्दिप कोईराला , क्लबका साधारण सदस्यहरु रमेश अधिकारी , दिनेश वराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन भाईकाजी श्रेष्ठले गर्नु भएको थियो ।