आज श्री पंचमी अर्थात् सरस्वती पूजा । हिन्दु वैदिक सनातनीहरुले माघ शुक्लपञ्चमीका दिनलाई  विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गर्ने गर्दछन्।

नेपाल लगायत हिन्दु धर्ममा विश्वास गर्नेले ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजा गर्ने चलन छ। धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार,माघ शुक्ल पञ्चमीका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ।

Advertizee

देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ। आजको दिन बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ।

आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ।