7.3 C
New York
Wednesday, February 26, 2020
Home समाचार रंगशालामा महायज्ञः एकैदिनमा उठ्यो पाँच करोड रकम

रंगशालामा महायज्ञः एकैदिनमा उठ्यो पाँच करोड रकम

चितवन,माघ २३-

चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सवमा दिनप्रतिदिन दान गर्ने दाताहरुको सङख्या बढ्दै गएको छ । आज बिहिबार मात्रै करिब पाँच करोड आर्थिक संकलन भएको सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए । उनले महायज्ञमा सहभागी जनाउने र सहयोग गर्नेको उत्साहाजनक सहभागिता रहेको बताए ।
जिल्ला समन्वय समिति चितवनले २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैंया सहयोग गरेको छ । यस्तै चितवनको पोल्ट्री क्षेत्रबाट एक करोड सहयोगको घोषणा गरिएको छ । नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले १ करोड सहयोगको घोषणा गरेका हुन् ।

उनले महायज्ञस्थलमा पुगेर ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै पुर्याउने प्रतिबद्धता जनाएका छन् । यस्तै चितवनका उद्योगी व्यवसायीको तर्फबाट ६३ लाख सहयोग गरिएको छ । माडी नगरपालिकाले ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको छ ।

बुधबार मात्रै एक करोड आर्थिक संकलन भएको थियो । रंगशालामा निर्माणका लागि आर्थिक सहयोग जुटाउने उदेश्यले २६ गतेसम्म धनधान्याचल महोत्सवको आयोजना गरिएको छ ।

Nijgadh.comhttp://pralad.com.np
प्रलाद तिमल्सिना निजगढ डटकमका सस्थापक हुन । उनले निजगढ डट कम सन २००८ देखी हाल सम्म निरन्तर रुपमा सन्चालन गरीरहेका छन । सम्पर्क 9855029383 Praladsharma@gmail.com
Nijgadh.com
- Advertisment -

Most Popular

Mobile Marketing is Said to Be the Future of E-Commerce

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Entrepreneurial Advertising: The Future Of Marketing

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Social Media Marketing for Franchises is Meant for Women

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Radio Air Time Marketing: A New Strategy for the Economy

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Recent Comments

error: Content is protected !!