7.2 C
New York
Wednesday, February 26, 2020
Home समाचार नेपाल टेलिकमको अफरः १५ रुपैयाँमा १२ घण्टा गफ, १२ रुपैयाँमा ४ सय...

नेपाल टेलिकमको अफरः १५ रुपैयाँमा १२ घण्टा गफ, १२ रुपैयाँमा ४ सय एमबी डाटा

काठमान्डौ ,नेपाल टेलिकमले विन्टर अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गतको अल टाइम डाटा प्याकमा १५ रुपैयाँदेखि ७ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । ६० एमबी देखि १४ हजार एमबी सम्मका प्याकेज १ दिनदेखि २८ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । डे डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा २ सय एमबी डाटा प्रयोग गर्न सकिनेछ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ८० एमबी डाटा समेत प्रयोग गर्न सकिने छ । उक्त दुबै डाटा प्याक खरिद गरेको २४ घण्टाभित्र चलाउन सकिने जनाईएको छ ।

नाइट डाटा प्याक बेलुकी ११ बजेदेखि विहान ६ बजेसम्म चलाउन सकिन्छ । उक्त प्याक १२ रुपैयाँमा ४ सय एमबी खरिद गर्न सकिनेछ । अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातको १८ रुपैयाँ र ७ रातको ९० रुपैयाँमा प्याक लिन सकिन्छ । सोसियल मिडिया प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिन्छ । उक्त प्याक अन्तर्गत १० रुपैयाँमा ७० एमबी डाटा १ दिन, ३५ रुपैयाँमा २ सय ५० एमबी डाटा ३ दिन र ६५ रुपैयाँमा ६ सय एमबी डाटा ७ दिनका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यी प्याक जुनसुकै समयमा पनि चलाउन सकिन्छ । युट्युब डाटा प्याक युट्युब चलाउन १ दिन, ३ दिन र ७ दिनका लागि प्याक लिन सकिन्छ । उक्त प्याक १५ रुपैयाँ, ३० रुपैयाँ र ६० रुपैयाँमा खरिद गर्न सकिन्छ । यसका लागि डाटा भोल्युम क्रमशः ३ सय, ६ सय ५० र १ हजार ४ सय एमबी प्राप्त हुने टेलिकमले बताएको छ । डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिन्छ । १० रुपैयाँमा १ सय मिनेटको भ्वाइस प्याक प्रयोग गर्न सकिन्छ । पोष्टपेड प्याक अन्तर्गत अन्तर्गत ६२० मिनेट भ्वाइस वा ३ हजार एमबी डाटा लिन सकिन्छ ।

उक्त प्याक ३० दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । बिग डाटा प्याक नयाँ प्याकका रुपमा कम्पनीले उपलब्ध गराएको हो । उक्त प्याक अन्तर्गत १ हजार ६ सय रुपैयाँमा ९० दिनका लागि ३० जीबी र ३ हजार रुपैयाँमा १ सय ८० दिनका लागि ६० जीबी डाटा खरिद गर्न सकिन्छ । अफरहरु जीएसएम प्रिपेड, पोष्टपेड तथा सीडीएमए प्रिपेड, पोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अफर माघ २२ गतेदेखि लागू भइसकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

Nijgadh.comhttp://pralad.com.np
प्रलाद तिमल्सिना निजगढ डटकमका सस्थापक हुन । उनले निजगढ डट कम सन २००८ देखी हाल सम्म निरन्तर रुपमा सन्चालन गरीरहेका छन । सम्पर्क 9855029383 Praladsharma@gmail.com
Nijgadh.com
- Advertisment -

Most Popular

Mobile Marketing is Said to Be the Future of E-Commerce

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Entrepreneurial Advertising: The Future Of Marketing

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Social Media Marketing for Franchises is Meant for Women

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Radio Air Time Marketing: A New Strategy for the Economy

We woke reasonably late following the feast and free flowing wine the night before. After gathering ourselves and our packs, we...

Recent Comments

error: Content is protected !!