आज गगन थापाले निजगढ हल्लाउने साथमा प्रसान्त तामाङले निजगढ थर्काउने

भिडियो स्थानिय समाचार

76 Views

Gagan thapa in  nijgadh prashant tamang kunti moktan migma avinash singer

आज तामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा हुन लागेको साँस्कृतिक कार्यक्रमको   तयारी पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनुभएको छ। कार्यक्रममा आउने  भएका कलाकारहरु  बिहानै निजगढ आई सकेका  छन्। आज निजगढमा हुने कार्यक्रम भव्य तथा ऐतिहासिक रुपमा सम्पन्न हुने लामाले बताउनुभएको छ। कार्यक्रममा पूर्व इण्डियन आइडल प्रशान्त तामाङ सहित राष्ट्रियरुपमा ख्याती कमाएका कलाकारहरु  गायिका कुन्ती मोक्तान, गायक मिङमा शेर्पा, डिजे शिशिर , अबिनाश घिसिङ र स्थानीय   ब्याण्ड को समेत प्रसतुती रहने कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्युले जानकारी गराउनु भयो  ।  सो कार्यक्रम नि:शुल्क हेर्न पाईने संयोजक लामा ज्युले  बताउनुभयो ।