तामाङ जातिहरुको नयाँ वर्ष डुल ल्होसार (सर्प वर्ष) २८४९ को उपलक्ष्यमा बाराको निजगढमा आज साँस्कृतिक कार्यक्रम भब्य रुपमा पुरा भएको आयोजक समितिका संयोजक पेमा सिद्दि लामाले जनाउनु भएको छ। कार्यक्रममा प्रमुख अतिथी युवा नेता गगन थापा हुनु हुन्थ्यो । आज निजगढमा भएको कार्यक्रम भव्य तथा ऐतिहासिक रुपमा सम्पन्न भएको लामाले बताउनुभएको छ। कार्यक्रममा पूर्व इण्डियन आइडल प्रशान्त तामाङ सहित राष्ट्रियरुपमा ख्याती कमाएका कलाकारहरु गायिका कुन्ती मोक्तान, गायक मिङमा शेर्पा, डिजे शिशिर , अबिनाश घिसिङ र स्थानीय ब्याण्डको प्रसतुती राम्रो भएको कार्यक्रमका संयोजक पेमा सिद्धि लामा ज्युले जानकारी गराउनु भयो । सो कार्यक्रमा निजगढ डट कम ले सोव्यम सेबकहरुलाई निसुल्क भेस्ट बितरण गरेको थियो ।

More Photos uploading plzz Commnets us Please Please