निजगढ, ५ फागुन / बारा उद्योग वाणिज्य सङ्घ निजगढ शाखालाई निजगढ नगर उद्योग वाणिज्य सङ्घ बनाउन ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।
बारा उद्योग वाणिज्य सङ्घ निजगढ शाखाको सोमवार ७औं साधारणसभामा विधि तथा प्रक्रिया पूरा गरेको जनाउ“दै बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साहले तदर्थ समिति गठन भएको घोषणा गरेका थिए । सो अवसरमा उनले उद्योग वाणिज्य सङ्घ साना÷ठूला उद्योगी–व्यापारीहरूको कर्तव्य, दायित्व, हकहित तथा अधिकारका लागि संस्थागत कार्य गर्ने थलो भएको बताए ।

मुलुकको आर्थिक समृद्धिमा उद्योग वाणिज्य सङ्घल महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै उनले स्थानीय तह, प्रदेश र सङ्घमा समेत उद्योग वाणिज्य सङ्घको महत्व बढेको बताए । गठन गरिएको तदर्थ समितिले आगामी ६ महीनाभित्र निर्वाचन गराउनुपर्ने प्रावधान रहेको जनाइएको छ । समितिको संयोजक रामकृष्ण नेपाल, सहसंयोजक निर्मल भण्डारी, सचिव रामचन्द्र जयसवाल, कोषाध्यक्ष होमप्रसाद न्यौपाने र सदस्यहरूमा ज्ञानेन्द्रप्रसाद चौलागाईं, दीपेन्द्र श्रेष्ठ, गोविन्दप्रसाद न्यौपाने, रामकृष्ण घिमिरे, सुवास चौलागाईं, दीपा सापकोटा, पूर्णबहादुर विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

Advertizee

त्यसैगरी सल्लाहकारमा शम्भुबहादुर बुढाथोकी र मुकुन्दराज लामिछाने रहेका छन् । साधारणसभामा निजगढ नगरकी उपप्रमुख लीलादेवी लामिछाने, कृष्णप्रसाद दहाल, ज्ञानेन्द्रप्रसाद चौलागाईं, सुदर्शन बडाल, बेनीबहादुर मोक्तान, महेशी कुमर, खडगप्रसाद उप्रेती, केदार गौतम, होटल तथा पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहन शर्मा लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पुराना व्यापारी, उद्योगीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो भने, निजगढकै रविन टेलरका सञ्चालक मधुसूदन चौधरीलाई ७७ वटा जिल्लाको भ्रमण गरेबापत सम्मान गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्वागत उषा लामाले गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता बारा उद्योग वाणिज्य सङ्घ निजगढका अध्यक्ष टेकबहादुर लामा र सञ्चालन उमेश सुनारले गरेका थिए । आजको प्रतिक दैनिकमा यो समाचार प्रकाशित भएको छ ।