You are here
Home > समाचार > गगन थापाले निजगढमा सयौलाई नेपाली काग्रेसमा पार्टी प्रबेस गराए

गगन थापाले निजगढमा सयौलाई नेपाली काग्रेसमा पार्टी प्रबेस गराए

41 Views
Gagan thapa Nijgadh
गगन थापा

 

जितलाल श्रेष्ठ

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सो पार्टीका नेताहरूले छेपारो शैलीमा एकै दिनमा बोली फेर्ने गरेको आरोप लगाउँदै नेता गगन थापाले अब उनीहरूले कागजमा हस्ताक्षर गरेको कामलाई मात्र सही मान्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता गगन थापाले एकै पार्टीका नेताले बोली फेर्दै आमजनतालाई झुक्याउँदै एमाओवादी सर्वसत्तातर्फ उन्मुख भएको बताए ।  तामाङ समुदायको महान् पर्व तथा नयाँ वर्ष २८४९ औं सोनाम (डुल) ल्होसारको उपलक्ष्यमा नेपाल तामाङ युवा सङ्घ बाराद्वारा सोमवार निजगढमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताएका हुन् ।  कार्यक्रमका प्रमुख अतिथि युवा नेता थापाले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार इतिहासमैं भ्रष्ट र नालायक साबित भएको आरोप लगाए । उनले भट्टराईको सरकारलाई तत्कालै हटाउन नसके मुलुक तहसनसहस हुने बताए ।  उनले मुलुकको विकास एवं सुशासनका लागि शहीदको बलिदानीलाई राजनीतिक दलका नेताहरूले संस्थागत गर्न नसकेको स्वीकार्दै थापाले लोडसेडिङ, बेरोजगारी, महँगी, दण्डहीनता, भ्रष्टाचार, नातावाद, कृपावादले मुलुक थिलथिलो भइसकेको बताए ।
मुलुकले आर्थिक उन्नति गर्ने प्रशस्त सम्भावना रहेपनि केही दलका नेताहरूकै कारण देश बन्धक बन्दै गएको उनको तर्क थियो । युवा नेता थापाले दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यारालाई प्रधानमन्त्री भट्टराई र गृहमन्त्री विजयकुमार गच्छदारले बचाउन जीउज्यानले लागिपरेको चर्चा गर्दै वर्तमान सरकार अपराधी र ज्यानमाराहरूको सरकारमा परिणत भएको बताए ।  काङ्ग्रेस भयमुक्त, निष्पक्ष, शान्तिपूर्ण निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्दै नेता थापाले जागो मधेस, उठो मधेस भन्दै मधेसलाई लुट्ने मधेसवादी दलहरू नै भएको आरोप लगाए । उनले एमाले च्याखे थाप्ने र फाइदा मात्रै लुट्ने पार्टी भएको आरोप लगाए ।
कार्यक्रममा विशेष अतिथि नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सभासद् शोभाकर पराजुलीले नेकामा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई स्वागत गरेका थिए । निजगढ, रतनपुरी, भरतगंजसिगौलका उनीहरू विभिन्न पार्टी परित्याग गरी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

आयोजक समितिका संयोजक पेमा सिद्दि लामा
आयोजक समितिका संयोजक पेमा सिद्दि लामा

Nijgadh.com in line1

Top