निजगढ , फागुन १६
यहि फागुन १७ गते शनिवार निजगढमा गायक रामकृष्ण ढकालको एकल साँझ हुँदै छ । आफ्नो एकल साँझका बारेमा जानकारी दिदै गायक ढकालले भनेका छन्– ‘वाद्यवादककासाथमा पहिलो पटक आफ्नो जन्मस्थानमा प्रस्तुति दिदैँछु ।’ युथ अफ निजगढको आयोजनमा गायक ढकाल एकल रुपमा प्रस्तुत हुन लागेका हुन् ।  निजगढमै जन्मिएका रामकृष्ण पहिलो कार्यक्रम हो । गायक ढकाललाई गायिका अनु अधिकारी र क्रोम्याटिक ब्यान्डले साथ दिने क्लबका अध्यक्ष गंगा माया श्रेष्ठले जानकारी दिए ।

हरेक बर्ष युथ अफ निजगढले आयोजना गर्ने प्रि होली कन्सर्टमा यस पटक भने गायक रामकृष्ण ढकालको एकल साँझ हुँने भएको छ । करिव ६ बर्ष अघि देखि सुरु गरिएको प्रि होली कन्सर्ट यो पटकको छैठौ संस्करण हो । प्रि होली कन्सर्ट ६ साझको ४ बजे देखि निजगढ वैन्क्युट हलमा हुने भएको छ ।

Advertizee

आफ्नो जन्मस्थानमा पहिलोपटक प्रस्तुति दिन लागेका गायक ढकालले खुसी व्यक्त गर्दै भनेका छन्– ‘आफ्नो जन्मस्थानमा पहिलो पटक यति भव्य कार्यक्रममा वाद्यवादकका साथमा आफ्ना नयाँ पुराना गीतहरू सुनाउन जाँदैछु । मनैदेखि अत्यन्तै गौरवान्वित र अपार हर्षित भएको छु ।’

गायक ढकालले आफ्नो यो स्थान हासिलका पछाडी आफ्नो जन्मभूमिको माया र साथ रहेको उल्लेख गरेका छन् ।