नवराज चौलागाईं, निजगढ,२२ फाल्गुन ।

निजगढ नगरपालिकाले संचालन गर्ने नगरस्तरीय परिक्षाको मिति तय गरिएको छ ।
निजगढका मेयर सुरेश कुमार खनाल सहित नगर भित्रका विद्यालयका प्रधानाध्यापकहरुबीच बिहिबार सम्पन्न बैठकले आगामी चैत्र २ गतेदेखि नगरस्तरीय परिक्षा संचालन गर्ने निर्णय गरेको हो ।
बैठकमा निजगढका मेयर सुरेश कुमार खनालले नगरको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन नगरस्तरीय परीक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले प्रत्येक विद्यालयमा परिक्षा अनुगमन टोलि निर्माण गरेर परिक्षा संचालन गर्न निर्देशन दिनुभएको छ । कक्षा ५ र ८ को नगरपालिकाले नगरस्तरीय परिक्षा संचालन गर्न लागेकोहो । यस्तै मेयर खनालले नगरपालिका कै प्रतक्ष निगरानीमा परिक्षा संचालन गर्नकालागि निजगढ नगरपालिकाका शिक्षा शाखालाई निर्देशन समेत दिनुभएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसबाट विद्यार्थीहरुलाई सचेत गराउन नगरपालिकाले निर्देशन गरे बमोजिमको कार्यहरु विद्यालयमा संचालन गर्न पनि मेयर खनालले निर्देशन दिनुभयो ।
यस्तो छ परिक्षा तालिका

Advertizee