नेपाल दुरसचार प्राधिकरणद्धारा प्रदेश न.२ मा रहेका सरकारी कार्यालय स्थानिय तह, सार्वजानिक माधयमिक विद्यालय सम्पूर्ण वडा कार्यालयमा नेपाल सरकारको तर्फबाट दुरसंचार प्राधिकरण र सुविसु केवल नेट प्रालि विच भएको द्धिपक्षिय सम्झौता अनुसार काम प्रगती बुभ्ने अभिप्रिय राखी निजगढको ताराइन होटलको सभाहलमा शुक्रबार अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश स्तरीय कार्यक्रममा राष्ट्रिय योजना आयोगका सह–सचिव किशोर जोशीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नेपाल दुर संचार प्राधिकरणको उप–सचिव अच्युतानन्द मिश्र, संचार तथा सूचना प्राविधिक मन्त्रालयको अर्जुन अधिकारी, निजगढ नगरपालिकाको वडा अक्ष्यक्षहरु केशब प्र. ढोडारी, ज्ञान बा. गोले, कोल्हवी न.पा. ४ वडा नं. अध्यक्ष मेष बहादुर ढकाल, सार्वजनिक मा.वि. निजगढ प्र.अ. हस्त बहादुर लामा, तथा सुविसु केवल नेट प्रा.लि. कार्यालयका सुदिप गौतमका उपाध्यक्ष निजगढ नगरपालिकाका आ.ई.टी. विभाग प्रमुख प्रमोद न्यौपाने लगायत विभिन्न संघ संस्थाका पदाधिकारी तथा वाक्लो उपस्थिती रहेको अन्र्तक्रिया कार्यक्रममा नेपाल सरकारबाट निःशुल्क ५१२ केवि. पि.एस. इन्टरनेट सबै विद्यालय तथा स्वास्थ्य, स्थानिय तहका कार्यालयहरुमा पुर्याइएको सेवा देखी सन्तुष्ट रहेको अन्र्तरक्रियामा सहभागीले जनाएका थिए ।

Advertizee

दुरसंचार प्राधिकरणका उप–निर्देशक अच्युतानन्द मिश्रले अन्र्तक्रिया कार्यक्रममा नेपाल सरकारले घोषण गरेको डिजिटल नेपाल बनाउने ल्क्ष्य सहित सुविसुसंग भएको सम्झौता अनुसार प्रदेश नं. २ मा उल्लेख्य काम भएका बताउदै सुविसु केवल नेट प्रा.लि. निजगढ शाखाका प्रमुख रवि सापकोटाले निजगढको सम्पूर्ण सरकारी कार्यालय तथा संघ, संस्था, विद्यालयहरुमा नेट पुगेको जानकारी दिनु भएको थियो र सहभागीहरुले अगामी दिनमा सेवा, सुविधा बढाउनुको साथै आवश्यक्ता अनुसार मासिक दर घटाउन सके बजारमा रहेका अन्य नेट भन्दा प्रभावकारी रहने जनाएका थिए ।