निजगढ,०२ बैशाख ।
निजगढमा औषधि पसल बाहेक सम्पूर्ण पसलहरु बन्द गरिने भएको छ।


कोरोना भाईरस विपद न्यूनीकरण तथा अनुगमन समिति निजगढको बुधबार बिहान सम्पन्न बैठकले नगरमा बाहिरवाट आउने तरकारी,फलफुल,खाध्यान्न लगायतका सामाग्रीहरु आयातमा प्रतिबन्ध लगाएपछि बिक्रि वितरणमा समेत बन्देज लगाईएको छ । छिमेकी जिल्ला पर्सा र रौताहटमा कोरोना भाईरस संक्रमित भेटिएपछी नगरपालिकाले थप सतर्कता अपनाएको हो ।

Vigyapan


मेयर सुरेश कुमार खनालको आह्वानमा उध्योग वाणिज्य संघ र स्थानीय व्यवसायीहरुबीच सम्पन्न बैठकले बिहिबारबाट सम्पूर्ण पसल तथा व्यवसायहरु बन्द गर्ने निर्णय भएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।