निजगढकै पुरानो वागदेव दुग्ध डेरीमा दुध सङ्कलन आज वुधवारबाट अर्को सुचना नआए सम्मका लागी दुध सङ्कलन कार्य रोक्ने भएको छ ।
विश्वब्यापी फैलिएको कोभिड १९ (नोबेल कोरोना भाइरस)को सङ्क्रमणलाई न्यूनीकरण गर्ने हिसाबले सङ्कलन कार्य रोकेको बताउछन संस्थाका अध्यक्ष थानेश्वर सापकोटा ।

सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट दिए पनि व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको बताइएको छ । किसानले दुध उत्पादन गरे पनि अधिकांश डेरी र अन्य पसल बन्द हुंँदा वितरणमा समस्या परेको किसानको भनाइ छ । 

Vigyapan

यता निजगढ नगरपालीकाले कोरोना भाईरस विपद न्यूनीकरण तथा अनुगमन समिति निजगढको बुधबार बिहान सम्पन्न बैठकले नगरमा बाहिरवाट आउने तरकारी,फलफुल,खाध्यान्न लगायतका सामाग्रीहरु आयातमा प्रतिबन्ध लगाएपछि बिक्रि वितरणमा समेत बन्देज लगाईएको छ । छिमेकी जिल्ला पर्सा र रौताहटमा कोरोना भाईरस संक्रमित भेटिएपछी नगरपालिकाले थप सतर्कता अपनाएको हो ।