लकडाउनको समयमा आकस्मिक उपचारका लागि अस्पताल जान र उपभोग्य सामान खरिदबाहेक अरु कामका लागि घरबाहिर ननिस्कन सरकारको आग्रह छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरेको लकडाउन तेस्रो हप्तामा चलिरहेको छ । निजगढ वडा नं १२ मा गाँउ प्रवेश निषेध गर्न बाटो बन्द गरिएको पाईएको छ | तर सरकारले लकडाउनको पालना गर्नु र सामाजिक दुरी कायम राख्नु भनिरहदा यहाँ भने त्यस्तो नभएको पाईएको छ |

Vigyapan

लकडाउनको समयमा पानी, दूधजस्ता अत्यावश्यक सामग्री ढुवानी नियमित आपूर्तिका लागि सवारी विभिन्न निकायले सवारी पास दिएका छन् । तर पछिल्लो समयमा सवारी पासको दुरुपयोग हुने र अनावश्यक रुपमा सवारी साधन चलाउनेको संख्या बढेको छ ।