काठमाडौं । कोराना भाइरसबाट संक्रमित बेलायतकी १ सय ६ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

बर्मिंघम सिटी अस्पतालमा तीन साता उपचारपछि वृद्धा कोनी टिच्चेन डिस्चार्ज भएकी हुन्। ‘म आफूलाई निकै भाग्यमानी ठान्छु। मैले यो भाइरससँगको युद्ध जितेकी छु’, उनको भनाइ उधृत गर्दै अस्पतालले भनेको छ, ‘म मेरो परिवारलाई छिट्टै भेट्न चाहन्छु।’अस्पतालले उनलाई बेलायतमा कोराना भाइरस संक्रमित सबैभन्दा वृद्ध व्यक्ति भनेको छ। ‘कोनीलाई निको भएको छ, उनी आफैंले पनि अचम्म मानेकी छन्।

Vigyapan

हामी उनको स्वास्थ्य अझै राम्रो होस् भन्ने चाहन्छौं। उनलाई निको हुँदा हामीलाई साह्रै खुसी लागेको छ,’ उपचारमा खटिएकी नर्स केल्ली स्मिथले भनेकी छन्। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो। उनी तीन दिनसम्म आईसीयूमा बसेपछि गत आइतबार लन्डनको थोमस हस्पिटलबाट डिस्चार्ज भएका थिए। प्रधानमन्त्री जोन्सन अहिले आराम गरिरहेका छन्।