मनोज घिमिरे –
यो लेख तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभर २१ लाखभन्दा बढि मानिसहरू संक्रमित बनेका छन् । जबकी ५ लाख २६ हजार ७ सय ४७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सबैभन्दा दुःखको कुरा त कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या एक लाख ३७ हजार नाघेको छ । कोरोना भाइरसको उद्गम स्थल भनिएको चीन बाहेक विश्वका अन्य देशहरूमा भाइरस नियन्त्रण बाहिर रहेको संचारमाध्यामले जनाएका छन् । नेपालमा चीनबाट फर्किएका एक विद्यार्थीमा पहिलो पटक २०७६ माघ १० गतेका दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उपचारपछि उनलाई निको भइसकेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलदै गएपछि नेपालमा पनि सजकता अपनाउँदै सरकारले चैत्र ५ गतेदेखि एक महिनासम्मका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय ग¥यो । माध्यमिक तहको एसईई परीक्षा पनि अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित भयो । अन्तर्राष्ट्रिय उडानमा ढिलो गरी बन्देज लगाएका कारण विदेशबाट नेपाल भित्रने सम्भावित संक्रमित व्यक्तिहरूलाई रोक्न भने सरकार चुक्यो । भारततर्फको सीमानाबाट लाखौंका संख्यामा मानिसहरू नेपाल भित्रिए । चैत १० गते नै नेपालमा कोरोना भाइरसको दोश्रो संक्रमण देखियो । त्यसपछि स्थितिको जटिलतालाई मध्यनजर गर्दै सरकारले अपरझट चैत ११ गतेदेखि देशभर लकडाउन अर्थात् बन्दाबन्दी गर्ने घोषणा ग¥यो ।

Vigyapan

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भइसकेको छ । उनीहरूमध्ये २ जना भने उपचार पछि घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्लुङ, काठमाण्डौं, कैलाली, कञ्चनपुर, पर्सा र रौतहट जिल्लामा भाइरसका संक्रमित भेटिएका हुन् । सरकारले विदेशबाट फर्किएकाहरू र उनीहरूको सम्पर्कमा आएका तथा संक्रमणको आशंका भएकाहरूलाई आफ्नै घरमा क्वारेन्टिनमा सुरक्षित भएर बस्न आग्रह पनि ग¥यो । केहीले त्यसको पालना गरे । केहीले भने भाइरसले पु¥याउने खतरालाई नबुझेर गाउँघर डुलिरहे ।

संक्रमणको पहिचान गर्न विभिन्न स्थानमा पिसिआर तथा ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटि) परीक्षण गरिरहेको छ । तर यो पर्याप्त नभएको विशेषज्ञहरू बताउँछन् । स्वास्थकर्मीहरू रातदिन आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारार्थ लागिपरेका छन् । सुरक्षाकर्मी पनि नागरिकको सुरक्षामा खटिएका छन् । यो संकटको घडीमा एक नागरिकको हकमा तपाईं हामी चाँही के गरिरहेका छौं ? के हामीले लक डाउनको पूर्णपालना गरिरहेका छौं ? एक मिनेटको लागि पनि हामीले आफ्नो ज्यानको जोखिम मोलेर सेवा गरिरहेका स्वास्थकर्मीहरूको स्वास्थ्यमा केही नहोस् भनेर कामना गरेका छौं ? हरेक प्रहर देशमा शान्ति, सुरक्षा र जनचेतना दिलाउन खटिएका सुरक्षाकर्मीप्रति सकारात्मक र आत्मीय भाव प्रस्तुत गरेका छौं ?

हरेक दिनजसो घरबाट बाहिर ननिस्कनू भनेर सम्बन्धित निकायले सामाजिक सञ्जाल तथा सञ्चार क्षेत्रबाट गरेको अनुरोधलाई हामीले अनुकरण गरेका छौं ? हाम्रो छिमेकमा रहेका कुनै व्यक्ति, जो कमजोर आर्थिक अवस्थामा छ उसलाई एक गाँस सहयोग गरेका छौं त ? छैन भने हामी के गरिरहेका छौं ? हामी बिहान र बेलुका हुलका हुल मर्निङ र इभिनिङ वाकमा निस्किरहेका छौं । जबकि लकडाउनकोे समयसम्म मर्निङ वाकमा पनि ननिस्कन प्रशासनले बारम्बार अनुरोध गरिरहेको छ । कोरोनाले बाँकी राखे त बच्न सक्नुहोला । लकडाउनको उल्लंघन गर्दै विनाकाम लखरलखर हिँड्ने काम कहिले रोक्ने ? अनि आफ्नो टोलका बाटामा चाँही अरु मानिस नआऊन् भनीे तगारो र छेकबार राखी अवरोध गर्ने पनि गरेका छौं । भोलि त्यहाँ दमकल वा एम्बुलेन्सको आवश्यकता पर्ला, त्यो बेला दमकल र एम्बुलेन्सले कसरी प्रवेश पाउने ? लकडाउन हाम्रै लागि हो भनेर स्वयम् हामी हाम्रो घरबाट ननिस्के त भै हाल्यो नि । प्रहरीले हिडडुलका लागि रोक्दा हाम्रो स्वास्थ्यको लागि होइन जस्तो सोचिरहेका छौं । सामाजिक सञ्जालमा हेर्नै हो भने लाजलाग्दो अवस्था देखिन्छ । फरक फरक पार्टीका कार्याकर्ता भन्नेहरू जुधेर बम नै पडकाउलान् जस्तो गरेका छन् । हामीमध्येका केही भने कोरोनाको बारेमा सचेतना होइन, मान्छेलाई त्रसित र भयभित बनाउने खालका सामग्री प्रेषित गरिरहेका छौं ।

सामाजिक सञ्जालकै माध्यमबाट यो संकटमा सेवामा लागिपरेका स्वास्थकर्मी, प्रशासन तथा सुरक्षाकर्मी, विभिन्न संघसस्था तथा समाजसेवीहरूलाई धन्यवाद भन्न सकिन्न ? आफुले बुझेका र अध्ययन गरेका कोरोनाका विषयमा जानकारी वा बुद्धि बढाउने खालका सामग्री लेख्न सक्किन्न ? सरकारको कुरा त झनै बेग्लै छ । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनको निर्णय राम्रो मान्न सकिएला । तर सरकारका कमजोरी छताछुल्लै भएका छन् । स्वास्थकर्मीहरूका लागि सुरक्षा कवच पीपीई नै छैन । सरकार अझै पनि स्वास्थ्य सामग्री ल्याउँदै छौ भनेर काँचो बोली बोल्छ । लकडाउनका कारण शहर बस्न नसकेपछि घर फर्कन गरीब जनता भोकभोकै सयौं किलोमिटर पैदल यात्रा गर्न बाध्य छन् । उनीहरू बाटामा अलपत्र परेका छन् । राहत नपाएर नागरिकहरूले ढुङ्गामुडा गर्लान् भन्ने डर भइसक्यो । सुनवाइ छैन । स्थानीय सरकारले जिरा मसिना भन्दै राहत बाँड्दा कनिका बाढेको दुःखेसो त चितवनमा नै सुनिसक्यौं । कसैलाई पनि त्यसतिर ध्यान गएको छैन । केन्द्रदेखि स्थानीय सरकार कोरोनाको यो संकटमा पनि पाएसम्म जनतालाई नै पिल्साउन व्यस्त छ । केन्द्र सरकारले सबै कुरा देखेर पनि नदेखेझैं गरिरहेको छ । अझ भनौं गैरजिम्मेवार बन्दै छ ।

नेपालमा सरकार जसको आए पनि सबै पार्टीका अधिकांश नेताकार्यकर्ता एकै प्रकृतिका छन् भन्दा गलत नहोला । एक थरीको काम नै सरकारको बचाऊ गर्ने अनि अर्को थरीको काम नै सरकारको विरोध गर्ने खालको छ । कार्यकर्ता मात्र भएको अजिवको देश नेपाल । नागरिक बन्न सके पो नेताहरूलाई खबरदारी गर्न सकिन्छ । कार्यकर्ता होइन असल नागरिक बन्ने प्रयास गरौं । देश संकटमा छ । सरकारलाई खबरदारी सँगै कोरोना महामारीमाथिको पूर्ण नियन्त्रणका लागि तपाईं हाम्रो साथको उत्तिकै खाँचो छ । तपाईं हामीले एउटा नागरिकले गर्न पर्ने कर्तव्य पूरा गरेका छौं त ? यो पनि सोच्न पर्छ ।

सरकारको गलत कदमको विरोध गर्दा गरेका सही कामको मूल्याकंन गर्न पनि जरूरी छ । यसलाई पनि मनन गरौं । कोरोना भाइरसविरुद्ध लडिरहेकाहरूलाई सम्मान गरौं । कोरोना विरुद्धको युद्धमा हाम्रा सिपाहीहरूको हौसलाको पात्र बनौं । सरकारको निर्देशनको पालना गर्नु नै तत्कालका लागि सबैभन्दा उचित कदम हो । यो महामारीको संकटबाट पार पाउन तपाईं हामी आआफ्नो घरभित्र रहेर मात्र सम्भव छ । आफू बचौं र अरुलाई पनि बचाऔं ।