शुक्रवार र शनिवार राती गएको हावाहुरी र असिनाले निजगढका अधिकांश किसानको बालीनालीमा क्षति पुगेको छ । बाराको निजगढ केरा तथा अन्य फलफुल उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । यहाँका ७ सयभन्दा बढी किसानको शुक्रवार राति आएको हावाहुरी, असिनापानीका कारण केराखेतीमा ठूलो क्षति पुगेको छ ।

निजगढ–९ का केरा कृषक हीरा मगरले भाडाको करिब १२-१३ बिघा क्षेत्रफलमा लगाइएको केराको बोटलाई हावाहुरी, असिनापानीले क्षतिग्रस्त बनाएको बताए । यस वर्ष बिगतका बर्ष भन्दा बढी आम्दानी गर्न जमीन थप भाडामा लिएर केराखेती गरेका थिए । लगभग ३०/३५ लाख रुपैयाँ नोक्सानी भएको मगरले सुनाए ।

Vigyapan

केरा लगायत विभिन्न थरीका तरकारीबाली नष्ट गर्दा ६० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको बारा केरा तथा फलफुल उत्पादक सङ्घ बाराका अध्यक्ष एकबहादुर श्रेष्ठले बताए । करीब ९ सय हेक्टरमा गर्दै आइरहेकामा ७० प्रतिशत केराखेतीमा क्षति पुगेको अध्यक्ष श्रेष्ठ जानकारी दिए ।    पीडित कृषकहरूले आफुले केराबालीको बीमा गरेको तर बीमा कम्पनीसँग सम्पर्क हुन नसकेको गुनासो पोखेका छन् ।

यस सम्बन्धी हामीले तयार पारेको भिडियो पुरा हेर्नुहोस र Subscribe गरेपछि घण्टी पनि बजाउनुहोला ।