कान्तिपुर पोल्ट्री भेट निजगढले निजगढ नगरपालीकालाई स्वास्थय सामग्री सहयोग गरेको छ ।

कान्तिपुर पोल्ट्रीका सञ्चालक एवम व्यवसायि ऋषी बडालले निजगढ   नगरपालिकालाई ५ थान थर्मल गन सहयोग गरेका हुन् । सो सामाग्री सहयोग कान्तिपुर पोल्ट्रीका निर्देशक अभिषेक शर्माले निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाललाई हस्तान्तरण गरेका हुन् ।

Vigyapan

निजगढ डट कम संग कुरा गर्दै व्यवसायि बडालले भने कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सहयोग पुगोस् भनेर सहयोग गरेको बताए  र आउदो दिनहरुमा यस्ता सहयोग गर्ने पनि उनले बताएका छन ।