काठमाडौं – लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याइएको छ।मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले २५ गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि १० दिन थपिएको हाे। 

Vigyapan

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो।


हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।