Nijgadh Nepal Moist

बन्दको प्रभाव निजगढमा पनि

समाचार

40 Views
Nijgadh Nepal Moist
बन्दको कारण निजगढमा बिरामी बोकेर अस्पताल पुराउदै Photo : JITLAL SHRESTHA

नेकपा–माओवादी आह्वान गरेको एक दिने बन्दका कारण निजगढ सहित देशभरका जनजीवन मंगलबार प्रभावित रहयो । बन्दका कारण निजगढबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेन । त्यस्तै निजगढका शैक्षिक संस्थाहरु भने खुला रहेका थिए ।

बन्दको प्रभाव निजगढ बजारमा पनि देखियो । बजार क्षेत्रमा पसलहरु छिटफुट रुपमा खुला रहेका थिए । चुनावी सरकारको नेतृत्व बहालवाला प्रधानन्यायाधीशका गर्न नदिने भन्दै बन्दको आह्वान नेकपा–माओवादीले गरेका थिए । न्यायपालिका तथा कार्यपालिकाको नेतृत्व एउटै
व्यक्ति गर्न नसक्ने नेकपा–माओवादीको भनाई छ ।