रौतहटमा विहिवार एक बालकको हत्या, हत्यारा अझै फेला परेन

समाचार

47 Views

 

रौतहटमा एक बालकको हत्या भएको छ । विहिवार दिउँसो १ बजेको समयमा रौतहट जिल्लाको कर्कच कर्मैया—९ को टिकुलिया टोल बस्ने शंकर राय यादवको उखु बारीमा एक बालकको हत्या भएको हो । स्थानिय बिनोद राय यादवको ७ वर्षीय छोरा शिवजी राय यादवको घाँटी काटेर फालिएको अवस्थामा शव फेला परेको हो । बालकको हत्या भएको खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी गोबिन्दराम परियारकोकमाण्डमा गएको टोलिले घटनाका बारेमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटना गराउने अभियुक्तको खोजतलासको लागि व्यापक प्रहरी परिचालन गरिएको तथा अभियुक्तहरु भाग्न सक्ने नाकाहरुमा चेकजाँच तथा अन्य अनुुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थल जिल्ला सदरमुकाम गौरबाट २७ किलोमिटर उत्तरमा रहेको छ ।