कक्षा कोठामा अध्ययन गरिरहेको अवस्थामा घारे माहुरी पसेर अचानक चिल्न थालेपछि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित जनकल्याण आधारभूत विद्यालयका २ दर्जनभन्दा बढी विद्यार्थी हिजो घाइते बनेका छन ।

विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी समेत गरी १ सय ५० जनाभन्दा बढीलाई टोकेको र २५ जना विद्यार्थी गंभीर घाइते बनेको विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले जानकारी दिनुभयो । घाइते मध्ये अधिकांश विद्यार्थीलाई अभिभावकहरुले उपचारपछि साँझ घर लगेका छन भने गम्भीर घाइते ५ जनाको भने अहिले पनि अस्पतालमा राखेर उपचार हुदै गरेको प्रधानाध्यापक अधिकारीले प्रेसचित्र डटकमलाई जानकारी दिनुभयो । नर्सरी कक्षामा भर्ना गरिएका ३ देखि ५ वर्षसम्मका साना बालबालिका सबैभन्दा बढी घाइते बनेका छन ।

शौच गर्न बाहिर चौरमा निस्किएको बेला नर्सरी कक्षाकी एकजना छात्रालाई मौरीको घारले बिहान करिव ११ बजे टोक्न सुरु गरेको थियो । ती छात्रा रुदै भित्र पसेपछि पिछा गर्दै आएका मौरीले सो कक्षा कोठामा रहेका र अन्य कक्षाका विद्यार्थी र शिक्षकलाई पनि टोकेको हो । कक्षा कोठामा रहेका साना विद्यार्थीलाई बचाउन जाने क्रममा आफूलाई पनि मौरीले टोकेको विद्यालयकी शिक्षिका हेमकुमारी खड्काले प्रेसचित्र डटकमलाई बताउनुभयो । जंगल छेउमा रहेको सो विद्यालयमा नजिकै रुखमा बसेको मौरी बिच्किएर विद्यार्थीलाई टोकेको हुन सक्ने शिक्षकहरुले बताएका छन ।

‘काग वा कुनै पंक्षीले माहुरीको गोलोमा ठुङ्गेको हुुनुपर्छ, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, पंक्षीलाई लखेटदै आएको माहुरीको बथानले विद्यार्थीमाथि आक्रमण गरेको अनुमान छ ।’ तर कहाँबाट कसरी आयो भन्ने बारेमा अझै यकिन भइनसकेको उहाँले सुनाउनुभयो । ठूलो संख्यामा आएका मौरीले विद्यार्थीलाई अचानक टोक्न थालेपछि विद्यालयमा केहीबेर भागदैड मच्चिएको थियो । घरघरबाट आएका अभिभावक र शिक्षकले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पुर्याएका हुन । निजगढ नगरपलिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल घाइते विद्यार्थीको अवस्था बारे बुझ्न हिजो दिउसो अस्पतालमा पुग्नु भएको थियो ।

विद्यालयनै बन्द 

मौरीको टोकाईबाट अधिकाङ्स शिक्षक र  विद्यार्थीहरुलाई घाइते भएपछि आज विद्यालयले एक सुचना जारी गर्दै विद्यालयको पठनपाठन बन्द गरेको छ।

घाईतेको उपचार वडाले गर्ने

मौरीको टोकाईबाट घाइते भएकाहरुको सम्पुर्ण उपचार   वडा नं ४ ले गर्ने  प्रेसचित्र डटकमलाई बताउनु हुन्छ वडाध्यक्ष जयराम कुवर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय