निजगढ नगरपालिका वडा नं ११ मा  बाघको आक्रमणबाट मंगलबार एक महिला घाइते भएकी छिन।

बाघको आक्रमणबाट मंगलबार दिउसो करिब ३ बजे तिर रतनपुरकी ४५ वर्षीय दिल कुमारी पुलामीमगर घाइते भएकी हुन । घाईते मगरलाई निजगढ सामुदायिक अस्पतालमा उपचारको लागी लगिएको छ । दिउसो अन्य सहकर्मी सँगै निजगढ वडा नं ११ स्थित तपोभुमी सामुदायिक वनमा बाख्रा चराउन गएको बेला पछाडीबाट बाघको आक्रमणमा उनि परेकी थिईन । बाघको आक्रमण पछि घाईते मगरको शरिरको छाती र पिठ्युँमा चोट लागेकोछ ।

यता बाघले लामो समयदेखि गाँउलेहरुलाई दुःख दिएको र आज झण्डै ज्यानै लिएकोमा गाँउलेनै त्रसित भएको घाईते मगरको श्रिमान भक्तबहादुर पुलामी मगर बताउनुहुन्छ ।  बाघको आक्रमणको सुचना पाए पछि निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरी र उप-प्रमुख सोममाया थिङ्ग घाइतेको अवस्था बुझ्न  निजगढ सामुदायिक अस्पतालमा पुग्नु भएको थियो । नगरप्रमुख पुरीले आफुहरुले निकुन्जमा पटक – पटक बाघको बिषयमा खबर गरेको र सम्बन्धित ठाँउमा पत्राचार पनि गरेको बताउनुभयो । घाईतेको अबस्था बुझ्न पुगेका युवा नेता तथा एमाले निजगढका नगर सचिव तिलक घलानले दिनहु बाघले आक्रमण गर्दा साविक रतनपुरीका वासीले अस्पताल लगायत बजार आउन पनि निकै त्रास भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय