निजगढ नगरपालिका वडा नम्बर ७ मा कांग्रेश र माओवादी गठबन्धनविरुद्ध कांग्रेशका बागी उम्मेदवार सुमन लामालाई रुख चिन्ह, अब कस्लाई मतदान गर्ने भन्ने बारेमा कांग्रेशका मतदाता अन्यौलमा

निजगढ नगरपालिका वडा नम्बर ७ मा कांग्रेश र माओवादी गठबन्धनविरुद्ध कांग्रेशका बागी उम्मेदवारलाले रुख चिन्ह पाएका छन । वडा अध्यक्ष उम्मेदवार सुमन लामा र खुल्ला सदस्यतर्फ नारायण अधिकारी, सेरब छोइगेल लामा (मनिष) महिला सदस्यमा लामा र दलित महिला सदस्यतर्फ पम्फा विश्वकर्माले गठबन्धनको सहमति विपरित रुख चिन्ह लिएर चुनाव प्रचार थालेका हुन ।

स्थानीय तहको गठबन्धनमा सो वडाको वडा अध्यक्ष माओवादीलाई दिने सहमति भएको थियो । सहमति अनुसार माओवादीका मोहन डिसीले वडा अध्यक्षमा मनोनयन गर्नुभएको हो । गठबन्धनको सहमतिमा नेपाली कांग्रेशको भागमा २ खुल्ला सदस्य र दलित महिला सदस्यसहित ३ जना सदस्य परेको उनीहरु सबैले माओवादीको चुनाव चिन्ह हसिया हतौडा लिएर चुनाव लडेको सदस्य पदकी उम्मेदवार चन्द्रिका मगरले बताउनुभयो । उहाँले पार्टीको निर्णय विपरित लामाले पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिएको पनि बताउनुभयो ।

सुमन लामाले गठबन्धनमा भएको सहमतिको विरोध गर्दै कांग्रेस पार्टीको टिकटबाट उम्मेदवारी दर्ता गराएपछि वडा नम्बर ७ नेपाली कांग्रेशका मतदाताहरु अन्यौलमा परेका छन । वडा अध्यक्षका उम्मेदवार सुमनले आफू नेपाली कांग्रेशको आधिकारिक उम्मेदवार भएको भन्दै उम्मेदवारी फिर्ता नलिने र आफ्नो प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

उहाँले पार्टीको मधेस प्रदेश समितिले आफूलाई टिकट दिएर पठाएको पनि दावी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय