बाराको निजगढ नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुवै  पदमा जित हात  पारेको छ ।

एमालेको बलियो पकड मानिदै आएको निजगढमा ०७४ को निर्वाचनमा गुमेको साख फिर्ता गर्दै मेयर पदमा सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्गले जित हात पार्नुभएको हो । नेपाली कांग्रेश, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दैै एमालेले ५ वर्ष अघि गुमेको विराशत  पुन फिर्ता गरेको छ । मेयर पुरीले ९४७५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका खनालले ८८२३ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उपमेयरमा एमालेकी सोममाया थिङ्गले ८६५९ मत प्राप्त गर्दा गठबन्धनका रवि दङ्गाले ८५१८ मत प्राप्त गर्नुभयो । स्थानीय तहको निर्वाचनमा २०४२ सालदेखि पकड जमाउदै आएको निजगढमा एमालेले गत स्थानीय निर्वाचनमा उपप्रमुख सहित बहुमत वडा अध्यक्ष जितरे पनि नगर प्रमुख पद भने गुमाउनु परेको थियो ।

१३ वटा वडा रहेको निजगढमा ०७४ सालको निर्वाचनमा उपप्रमुख लिलादेबी लामिछाने खनालसहित ८ वडामा वडा अध्यक्ष एमालेले जितेको थियो । प्रमुख पदमा भने एमालेका उम्मेदवार यमबहादुर खडकालाई पराजित गर्दै त्यतिबेला पनि नेपाली काग्रेश र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बन्नुभएका सुरेश खनाल विजयी बन्नुभएको थियो । अघिल्लो निर्वाचनमा जस्तै यसपटक पनि गठबन्धनबाट मैदानमा उत्रिनु भएका खनाललाई एमालेका पुरीले सहजै पराजित गर्नुभएको हो । निजगढमा बिगत लामो समयदेखि एमालेको बचश्र्व रहदै आएको छ । २०४३ सालको गाउँ पन्चायत निर्वाचनमा यहाँबाट हाल नेकपा एमाले पोलिटब्युरो सदस्य रहनु भएका पुरुषोत्तम पौडेल जनपक्षीय प्रधानपन्च निर्वाचित हुनुभएको थियो । त्यसयता ०७४ सालको स्थानीय तहको चुनाव बाहेक सबै निर्वाचनमा एमालेले नै पकड जमाउदै आएको छ । ०४९ र ०५४ सालको निर्वाचनमा गाविस अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा एमालेका उम्मेदवार विजयी बनेका थिए । दुबै निर्वाचनमा कांग्रेशले एउटा वडामा मात्रै जित हात पारेको थियो ।

बामपन्थीहरुको प्रभाव क्षेत्रको रुपमा रहेको निजगढमा अघिल्लो पटक कांग्रेशका खनालले मेयर पदमा विजयी बनेपछि यसपटक स्थानीय तहको निर्वाचनलाई बारा जिल्लामा निक्कै चासोको रुपमा हेरिएको थियो ‘जिल्लभित्र र बाहिर पनि निक्कै चासोको रुपमा हेरिएको थियो, एमाले मधेस प्रदेश कमिटी सदस्य एंवं निजगढका पूर्वगाविस अध्यक्ष एकबहादुर श्रेष्ठले भन्नुभयो, अघिल्लो पटकको हारबाट शिक्षा पाएका कार्यकर्ताहरुले प्रचार अभियानलाई व्यवस्थित पारेपछि यसपटक एमालेले शाख फर्काएको छ ।’

एमालेले यसपटकको निर्वाचनमा प्रमुख र उपप्रमुख सहित १३ मध्ये ५ वडा अध्यक्ष मात्रै जितेको छ । एमाले वडा नम्बर ३, ५, ६, ७ र १० गरी पाँचवटा वडामा बिजयी भएको छ । अध्यक्षमा कांग्रेशले जितेको वडा नम्बर ९ र ११ मा भने सबै वडा सदस्य सूर्यध्वजाबहाक उम्मेदवारहरुले जितेका छन । कांग्रेशले भने अघिल्लो निर्वाचनमा एमालेले जितेको वडा नम्बर २, ४, ९ र ११ सहित वडा नम्बर १०, १२ र १३ मा पार्टीको झण्डा फहराएको छ । एमालेले भने यसअघिको निर्वाचनमा कांग्रेशले जितेको वडा नम्बर १० मात्रै हात पारेको छ । सो वडाबाट आशाकाजी श्रेष्ठ विजयी बन्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय