बाराको निजगढमा निर्माण हुँने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउँन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढ स्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम त गरिरहेकाछन र आज साझ भने युवाले राके जुलुस नै निकालेका छन ।

सर्वाेच्चले निजगढ विमानस्थल नबनाउन गरेको फैसलाको  विराेधमा आज निजगढमा सो जुलुस निकालिएको थियो ।

राके जुलुसमा युवाहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकास प्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । राके जुलुस निजगढ  वुद्धचोकबाट सुरु गरेर  निजगढ नगरपालिका जाने बाटोबाट फर्केर शहिदचोक सम्म आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले हिजोको दिनमा निजगढमै बन्नु पर्ने भनिएको र धेरै रकम खर्च भएको तर अहिले आएर अदालतले गरेको फैसलाको बिरुद्धमा अब प्रदेश २ वासी चुप भएर नबस्ने बताउनु भयो । कार्यक्रममा  साविक निजगढका पुर्वअध्यक्ष एक बहादुर श्रेष्ठले निजगढ बासीले आगामी दिनमा यस्ता आन्दोलन एक भएर लाग्नु पर्ने बताउनु भयो ।  यता बिहान स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चले हरेक दिन पुर्व पश्चिम राजमार्ग बन्दको कार्यक्रम झन ससक्त रुपले अगि बढाउने बताउछन विद्यार्थी सरोकार मञ्चका संयोजक श्यामकृष्ण घिमिरे ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय