निजगढ नगरपालिका वडा नम्बर १ सिगौलमा नेपाली कांग्रेस पार्टी परित्याग गरी दर्जनौं कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले सिगौलमा आयोजना गरेको निजगढ नगरस्तरीय भेलामा भोलाप्रसाद तिमल्सिना र विजय गुरोको नेतृत्वमा ३७ जना स्थानीय नेपाली कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य रेशम लामाले नवप्रवेशीहरुलाई अबीर र माला लगाएर स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, दुर्गा कोइराला, निजगढ नगर अध्यक्ष सुरथ पुरी, नगर सचिव तिलक घलान लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । भेलाले चित्रबहादुर (नन्दु) लामाको अध्यक्षतामा २१ सदस्य नेपाल खेलकुद महासंघ निजगढ नगर कमिटी गठन गरेको छ । त्यसैगरी कमिटीको उपाध्यक्षमा विनोद घिसिङ्ग र सचिवमा अङ्कित खडका चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय