काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा ४४ हजार ८५३ जनाले आवेदन दिएका छन् ।

दक्षिण कोरियाले ईपीएस अन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको थियो ।

ईपीएस शाखाका कम्प्युटर इन्जिनियर टेकबहादुर खड्काले आवेदन दिने अन्तिम म्याद सोमबारसम्म कृषि क्षेत्रतर्फ १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिए । विगत वर्षको तुलनामा कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको देखिन्छ ।

सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट परीक्षा सञ्चालन गर्न आवेदन माग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय