नेकपा एमालेका उपमहासचिव एंव केन्द्रीय प्रचार तथा प्रशारण विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ्गले मधेसको संवृद्धिको लागि काम गर्ने पार्टी एमाले मात्रै भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल मधेस प्रदेशको आयोजनामा हिजो निजगढमा आयोजना गरिएको ‘स्थानीय तह निर्वाचन प्रचार रणनीतिक भेला’ कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता गुरुङ्गले सो कुरा बताउनुभएको हो । मधेसको विकासको लागि निजगढ अन्तर्राष्टिय विमानस्थल, हुलाकी मार्ग, सुनकोसी–मरिन ड्राइभर्शन, दलित आवास जस्ता कार्यक्रमहरु नेकपा एमालेले नै संचालनमा ल्याएको बताउनुभयो । उहाँले मधेसको विकासको लागि सबैभन्दा धेरै काम गरेको भएपनि विगतमा एमाले विरुद्ध गरिएको प्रचारले जनतामा भ्रम सृजना भएको पनि बताउनुभयो ।

नेता गुरुङ्गले अब मधेका जनताले पनि धेरै कुरा बुझिसकको बताउदै आगामी निर्वाचनमा मधेसका जनताले पनि एमालेलाई साथ दिने बताउनुभयो । उहाँले हाल मधेसका जिल्लाहरुमा एमालेप्रति अकर्षण बढेको बताउदै विभिन्न जिल्लामा मधेसवादी, नेपाली कांग्रेश र माओवादी पार्टीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने क्रम बढेको बताउनुभयो । कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एंव प्रचार विभागका उपप्रमुख विष्णु रिजाल, प्रेस चौधरी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, प्रचार विभागका सदस्य चेतन अधिकारी, गगन विष्ट, महेश दास, प्रेस चौतारी सचिव कमलकुमार उपाध्यय, स्वेता सिंह, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछाने लगायतले बोल्नुभएको थियो ।

चौतारी मधेस प्रदेश अध्यक्ष फणी महतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशका ८ जिल्लाबाट सहभागी चौतारीका अध्यक्ष र पार्टीका प्रतिनिधिहरुले जिल्लामा पार्टीको संघठानिक अवस्था र जनमत बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय