रौतहट । रूख कटानको विवादले मेची–महाकाली विद्युतीय रेल मार्गको काम फेरि अवरुद्ध भएको छ । रूख कटान गर्ने विषयमा वन उपभोक्ता समूह र रेल्वे कार्यालयबीच विवाद हुँदा राष्ट्रिय गौरवको आयोजनाको काम अवरुद्ध भएको हो ।

उपभोक्ता समूह आफैले रूख काट्न पाउनुपर्ने माग राखेको छ । रेल्वे कार्यालयले दुई साताअघि नेपाल वन निगम लिमिटेड ९तत्कालीन टीसीएन कार्यालय० सँग रूख कटान र व्यवस्थापनका लागि सम्झौता गरेको छ । यही विवादका कारण अहिले रूख कटानको काम हुन सकेको छैन । बाग्मती–चाँदी खण्डको योजना अन्तर्गत प्याकेज नम्बर ४ र ५ मा पर्ने दोभान सामुदायिक वनमा ५ सय ७५ तथा रामलाल वृन्दावन साझेदारी वनमा १ हजार ९ सय ७५ रूख काट्नु पर्नेछ।

रूख काट्न वन समूहलाई दिने मौखिक सहमति भए पनि सो नभएकाले काम गर्न नदिएको दोभान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष वीरबल बम्जनले बताए । ‘डिभिजन वन कार्यालय, रेल्वे र वन समूहका पदाधिकारी बसेर सहमति भएको हो,’ ‘उनले भने, ‘रूख काट्न वन समूहले नै पाउनु पर्छ ।’

रेल्वे कार्यालयका इन्जिनियर बोध भण्डारीले समूहले कटान गर्दा चाँडो र भरपर्दो काम नगर्ने भएकाले रूख कटान र व्यवस्थापनमा सहजताका लागि निगमसँग सम्झौता गरेको बताए। यसमा विवाद भए पनि चाँडै टुङ्गो लगाउने उनले बताए । उक्त प्याकेजको ठेक्का लामा गोल्डेन गुड बिरुवा जेभीले पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय