निजगढ नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट सुरथ पुरी र उपमेयरमा सोम माया थिङले हिजो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मेयरमा पुरी र उपमेयरमा थिङले उम्मेदवारी दर्ता गराउनुभएको हो । एमालेको तर्फबाट मेयर पदमा मनोनयन पत्र दर्ता गराउनुभएका पुरी नेकपा एमाले निजगढ नगर कमिटी अध्यक्षसमेत हुनुहुन्छ ।

त्यसैगरी गठबन्धनको तर्फबाट कांग्रेशका सुरेश खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धनले उपमेयरमा माओवादीका रवि दङ्गाललाई उम्मेदवार बनाएको छ । राप्रपाबाट भने मेयरमा सावित्री भारती र उपमेयरमा बासु तिल्सिना उम्मेदवार बन्नुभएको छ । उता जसपाबाट सुरेश रुम्बा मेयर पदमा उम्मेदवार बन्नुभएको छ । नेकपा एकीकृत समाजवादीले भने दिनेश हुमागाईलाई उम्मेदवार बनाएको छ । सामाजिक एकता पार्टीबाट बेदप्रसाद थापा मगरको पनि उम्मेदवारी परेको छ । नेकपा मालेबाट शंकर चिमोरिया र उन्नत लोकतन्त्र पार्टीबाट गीता मैनालीले आइतवार नै मनोनयन पत्र दर्ता गराउनुभएको थियो ।

त्यसैगरी वडा अध्यक्षमा १३ जनाले उम्मेदवारी दिएका छन । वडा नम्बर १ बाट दिनेश गुरो, वडा नम्बर २ बाट केशव ढोडारी, ३ बाट गोकुल तिमल्सिना, ४ बाट जयराम कुवर, ५ मा सुर्यबहादुर थापा मगर, ६ मा घनश्याम तिमल्सिना, ७ बाट टेकबहादुर लामा, ८ मा भोलाप्रसाद गौतम, ९ मा गणेशबहादुर श्रेष्ठ, १० बाट आशाकाजी श्रेष्ठ, ११ बाबुराम स्याङ्गतान, १२ बाट युवक मुक्तन र वडा नम्बर १३ बाट कमान सिंह थिङ्गले एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । त्यसैगरी गठबन्धनमा रहेको नेपाली कांग्रेशले ९ वटा र माओवादीले ४ वटा वडाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी थिएको छ ।

कांग्रेशबाट थप ९ जनाले नै बागी उम्मेदवारी दिएका छन । निजगढ नगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाटसमेत गरी मेयर पदमा १०, उपमेयरमा ७, वडा अध्यक्षमा ५६ र वडा सदस्यमा १६३ गरी जम्मा २३६ जनाले मनोनय पत्र दर्ता गराएको निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय