बारा , निजगढ । देशै भर भएको चुनाबि गठबन्धनमा निजगढमा पनि कांग्रेस–माओवादी भएको थियो । तर निजगढ नगरपालिकाको वडा नम्बर ७ मा माओवादी कोन्द्र पछि सर्न  वाध्य भएको छ । कांग्रेस–माओवादी गठबन्धन विरुद्ध कांग्रेसनै बागी उम्मेदवारले रुख चिन्ह पाएपछि कांग्रेस–माओवादी गठबन्धन बिच मनमुटाब र पटकपटक भएको बर्ता पछि माओवादी केन्द्रले एक महिला सदस्यमा नै चित्त बुझाउदै पछि हटेको  हो ।

नेपाली कांग्रेस र नेकपा माओवादीबिच चुनावी तालमेल भएपछि माओवादीको भागमा वडा नम्बर ७ परेको भएतापनि यस वडामा कांग्रेसबाटै सुमन लामाले आफ्नु टिम सहित उम्मेदवारी दिएका थिए ।

यसअघि, कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट मोहन डि.सि सहितको गठबन्धनको टिमले उम्मेदवारी दिएका थिए ।  मोहन डि.सि केहि महिना अघि मात्रै एमालेबाट माओवादीमा प्रवेश भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय