काठमाण्डौ २५ बैशाख २०७९ ।
नेकपा माओवादीको तर्फबाट बनेपा नगरपालिका वडा नं ११ का लागि वडा अध्यक्ष पदका उमेदवार गोविन्द थापाले चुनाब जित्नेमा आफु ढुक्क रहेको बताएका छन् ।

पत्रकारहरुसँग सक्षिप्त कुरा गर्दै थापाले सो बताएका हुन् । आफुले वडाबासीको हकहितमा उठाएका विकासे एजेण्डा, वडाबासीले देखाएकोे भरोसा र आफनो राष्ट्रिय अन्र्तराष्ट्रिय अनुभवले चुनाव जित्ने उनले बताए । उनी भन्छन् ‘यसपटक वडाबासीले गोलाकार भित्रको हँसिया हतौडा चिन्हमा जनताले अवश्य भोट हाल्नेछन्’ ।

विगत केही बर्षदेखि युरोपियन मुलुकहरुमा देखेको र भोगेको विकासलाई आफनै गाउँमा उपयोग गर्न आफु चुनाबी मैदानमा आएको थापाले बताए । उनले पार्टीले दिएको यस जम्मेवारीका लागि आफु आभारी भएको बताए । आर्थिक विकास, महिलाहरुको शसक्तिकरण र उद्यमशीलता अभिवृद्धि, युवाहरुको विकास, निम्न आय भएकाहरुका लागि निशुल्क शिक्षा, वृद्ध तथा अशक्तहरुका लागि सामाजिक सुरक्षा र विशेष हेरचाह, उत्पिडित बर्गको हकहित र वैज्ञानिक खेती प्रणालीको विकासका लागि आफुले उमेदबारी दिएको थापाले बताए ।

उमेदवार थापाले पछिल्ला दिनहरुमा आफनो पक्षमा जनलहर बढेको बताए । उमेदवार थापा बनेपाका पुराना, इमानदार एवं अनुशासित र भिजन समेत भएका ब्यक्तित्वको रुपमा परिचित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय