नेकपा (एमाले)ले धुलिखेल नगरपालिका वडा नम्बर १२ मा सोमबार मतदाताको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूको संयुक्त घरदैलो तथा र्‍याली कार्यक्रम नगरको विभिन्न टोलहरूमा परिक्रमापश्चात् सम्पन्न भएको हो ।

नगरको वडा नम्बर १२ का विभिन्न गाउँ तथा टोलहरूमा मेयरका उम्मेदवार अशोककुमार ब्याञ्जु (श्रेष्ठ), उप-मेयरउम्मेदवार लालतारा अधिकारी, वडाअध्यक्ष मोहनप्रसाद लामिछाने, महिला वडासदस्य कमला काफ्ले, दलित वडासदस्य विभा रम्तेल, सदस्यद्वय गोपीकृष्ण श्रेष्ठ र रमेश तमाङ्गबाट संयुक्त घरदैलो भएको हो ।

स्थानीय इँट्टे, सापकोटागाउँ, नयाँपार्टी, र्‍याले, शङ्खुपाटीचौर, पिप्ले, ताईचे, कुरगाउँ, एक्लेखेत, छाप, शङ्केश्वरी-थापागाउँलगायतका टोलहरूमा घरदैलो तथा र्‍याली सम्पन्न भएको स्थानीय शालिकराम लामिछानेले बताए ।

२०७४ सालमा भएको चुनावमा पनि यो वडासहित नगरमा एमाले विजयी भएको थियो । स्थानीय अच्युतप्रसाद सापकोटाका अनुसार अघिल्लोपटकको तुलनामा यसपटक एमालेमा आकर्षण बढेको र प्रदर्शनमा उल्लेख सहभागिता रहेको भन्दै विजयी हुनेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय