निजगढ नगरपालिका वडा नम्बर ७ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश सन्जेलले सो वडामा एमालेका उम्मेदवार टेकबहादुर लामाको पक्षमा उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सन्जेलले हिजो बिहान निजगढ ७ स्थित एमाले प्रचार कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्य्रक्ष पदमा नेकपा एमालेका उम्मेदवार लामालाई समर्थन र सहयोग गर्ने घोषणा गर्नुभएको हो । आफुले अघि सारेको प्रतिवद्धता नेकपा एमालेले आगामी दिनमा पुरा गर्ने भएपछि टेक ब लामालाई सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।  उहाँले आगामी बैशाख ३० गते हुने निर्वाचनमा निजगढ नगरपालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार सुरथ पुरी, उपप्रमुख राममाया थिङ्ग र वडा अध्यक्ष पदमा स्याङ्गतानसहित वडा समितिका सदस्यहरुको चुनाव प्रचारमा सरिक भइ चुनाव चिन्ह सूर्यमा मतदान गरी विजयी तुल्याउनुहुन सम्पूर्ण मतदाता र शुभचिन्तकहरुमा अपिल समेत गर्नुभएको छ ।

कार्यक्रममा एमालेका प्रमुख पदका उम्मेदवार पुरी, उपप्रमुख उम्मेदवार थिड, एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, नगर कमिटी सहसचिव थानेश्वर सापकोटा लगातयत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय