निजगढ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख सुरथ पुरीले आईतवार पदभार ग्रहण गरेको दिननै  एउटा दलित र दुई वटा सुकुम्बासी बस्तिलाई नमुना बस्तिको रुपमा विकास गर्ने निर्णय  गरेको छ ।

नगर प्रमुख सुरथ पुरीले हिजो दिउसो भएको पदभार ग्रहण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ४ पुरानोटोलस्थित दलित बस्ति, सोही वडाको माझी टोल र वडा नम्बर ८ को खयरघारी सुकुम्बासी वस्तिलाई नमुना बस्तिको रुपमा विकास गर्ने बताउनुभएको हो । नगरप्रमुख पुरीले सहिद हिरालाल पार्कको पूर्व र पश्चिमतर्फ पर्ने यी दुबै बस्तिलाई नमुनाको रुपमा विकास गर्दा उक्त क्षेत्रमा पर्यटकीय शंभावनाको थप विकास हुने र स्थानीयको जीवनस्तरमा समेत सुधार आउने बताउनुभयो ।

 

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्कीले निर्णयार्थ पेस गर्नुभएको सो प्रस्तावलाई नगर प्रमुख पुरीले सदर गर्नुभएको थियो । त्यसैगरी  निजगढमा विद्युतीय हस्ताक्षर सहितको अनलाईन सेवा लागू गर्ने निर्णय भएको छ ।

नगर प्रमुख पुरीले निजगढ नगरपालिका भित्रको कृषीयोग्य जमिनमा वैकल्पिक उपाय अपनाएर भएपनि सिचाई सुविधा पुर्‍याउने निर्णय गरेका छन् । कृषीयोग्य जमिनमा सिचाईको अभाव नहुने गरी काम अघि बढाउने नगर प्रमुख पुरीले निर्देशन समेत दिएका छन् । नगरप्रमुख पुरीले जिल्ला अदालतमा पद तथा गोपनियताको सपथ लिएपछि आइतवार नै निजगढ नगरपालिका कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।

मेयर पुरीलाई कार्यालयमा नगरपालिकका कर्मचारी, राजनीतिक दलका कार्यकर्ता र स्थानीयले कार्यालयमा स्वागत गरेका थिए ।

https://presschitra.com/uml-mayoral-candidate-surath-puri-says-railway/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय