प्रलाद तिमल्सिना, निजगढ – बाराको निजगढमा नव निर्वाचित नगर उपप्रमुख सोममाया थिङ्ग लगायत वडा अध्यक्ष र सदस्यहरुलाई नगर प्रमुख सुरथ पुरीले पद तथा गोपनियताको सपथ सोमबार गराउनुभएको छ ।

सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले आफू नगर प्रमुख नभएर प्रमुख नगर सेवक भएर काम गर्ने बताउनुभएको छ । नगरपालिकामा नवनिर्वाचित नगर उपप्रमुखसहित नगरका १३ वटै वडाका अध्यक्ष र सदस्यहरुको लागि हिजो आयोजना गरिएको पद तथा गोपनियताको शपथ कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।

निजगढ स्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले सुरुमा उपप्रमुख थिङ्गलाई शपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरुलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

सो कार्यक्रममा नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरुषोत्तम पौडेल, एमाले नेता अच्युत मैनाली, ज्वाला साह, बलवीर चोधरी, निजगढ नगरपालिकाका पूर्वनगर प्रमुख सुरेश खनाल, उपपप्रमुख लिलादेवी लामिछानेले नवनिर्वाचित जनप्रतिनिधहरुलाई बधाइ दिदै नगरको विकासकामा काम गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा पुर्व मेयर सुरेश खनालले नव निर्वाचित जनप्रतिनिधिहरुबाट कर्मचारीहरुमा त्रास डर पैदा भएको हल्ला सुनेको बताउनु भयो ।

यता नगर प्रमुख सुरथ पुरीले कर्मचारीहरुले राम्रो सँग काम गर्दा डराउनु नपर्ने बताउनु भयो ।

सपथग्रहण गरेपछि निजगढ नगरपालिकाकी उपप्रमुख थिङ्गले कार्यालयमा पुगेर पदभार गर्नुभएको थियो।

कार्यक्रमको सन्चालन सूचना अधिकारी रविन घिमिरेले गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय