बाराको निजगढमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा हिजो नेकपा एमाले निकट राष्ट्रिय युबा संघ नेपाल र नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले संयुक्त विरोध प्रदर्शन गरेका छन ।

त्यसक्रममा विद्यार्थीले मूल्यवृद्धि फिर्ता गर, महंगी नियन्त्रण गरलगायत नारा लगाएका थिए। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन उनीहरूले माग गरेका छन् ।  युवा विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता हुनु पर्ने माग गर्दै निजगढ स्थित पुर्वपश्चिम राजमार्गको शहिद चोकमा विरोध प्रदर्शन गरेको युवा संघ निजगढका अध्यक्ष माधव न्यौपानेले बताउनुभयो ।

 

विरोध स्वरुप युवा संघ र  अनेरास्ववियु विद्यार्थीहरुले  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा पुर्व पश्चिम हाइवेमा मोटरसाइकल, स्कुटर र अटो डोर्याएर साङ्केतिक रुपमा विरोध समेत गरेका हुन् ।

कार्यक्रममा युवा संघको केन्द्रिय सदस्य तिलक घलान, नगर इन्चार्ज जयराम कुँवर, युवा संघको केन्द्रिय सदस्य इराज कोइराला र स्थानीयहरु युवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संचालन अनेरास्ववियुका जिल्ला अध्यक्ष श्यामकृष्ण घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय