सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित शहिद चोकमा आज दोस्रो दिन पनि रिले अनशन बसेका छन ।

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा हिजोबाट रिले अनसन सुरु गरेका थिए । फैसलाको विरोधमा १५ दिन अघिदेखि सडकमा चक्काजाम र धर्ना दिदै आएको सरोकार समिति र युवा विद्यार्थीहरुले हिजो साँझ ५ बजेबाट रिले अनसन सुरु गरेका थिए ।

रिले अनसनको दोस्रो दिनमा आज माधव न्यौपाने, रामकुमार शर्मा ‘दाहाल’ , हरि प्रसाद चौलागाई, समुन्द्र नेपाल, शिवराम श्रेष्ठ,  राजन श्रेष्ठ, प्रकाश श्रेष्ठ, युवराज न्यौपाने, हिरामणी तिमल्सिना, सुदिप कोइराला, गणेश राजभण्डारी, र देिनश त्रिपाठी  २४घण्टे अनसन बसेका छन । अनसनमा बसेकाहरुलाई युवा समाजसेवी  विनोद भारती र  समाजसेवी  दिल ब लामाले माला लगाई सम्मान गर्नु भएको थियो ।

हिजो अनसनमा सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेवी लामिछाने, पद्मबाहदुर भण्डारी, भोलाप्रसाद गौतम, कृष्ण खरेल, बासुदेव तिमल्सिना, खडकप्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भिमप्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ्ग, आशा चौलागाईलगायत १५ जना  बसेका थिए । धर्नाकारीहरुले अन्न र पानीसमेत नखाइ २४ घण्टासम्म पालैपाले अनसन बस्ने समितिका निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पूर्वनिर्धारित कार्यक्रम अनुसार राजमार्गमा हिजो पनि २ घण्टा धर्ना र चक्काजाम भएको थियो ।

चक्काजाम समापन कार्यक्रममा बोल्दै संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि संगै अघि बढाउने बताउनुभयो ।
निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिले संयुक्त रुपमा काठमाण्डौंमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा लगायत विभिन्न दलका शीर्ष नेताहरुसंग भेटघाट गरी आफ्ना माग पेस गर्ने  स्वतन्त्र युवा विद्यार्थी सरोकार समितिका संयोजक जयराम कुवरले प्रेसचित्र डटकमलाई  जानकारी दिनुभयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय