लायन्स क्लव अफ निजगढ पिसको सातौ वार्षिक क्लव कन्भेन्सनबाट प्रेसिडेन्टमा निजगढ ७का बिनोद घिमिरे चयन हुनुभएकोछ ।

कार्यक्रम निवर्तमान प्रेसिडेन्ट रन्जन लामिछानेको अध्यक्षतामा भएको थोयो ।  पिसको शुक्रबार सम्पन्न सातौ वार्षिक क्लव कन्भेन्सनबाट घिमिरेलाई सन २०२२/२३ को प्रेसिडेन्टमा चयन गरेको हो । पिसको नवगठित समितिको फर्स्ट भाईस प्रेसिडेन्टमा सुदिप तिमल्सिना,सेकेन्ड भाईस प्रेसिडेन्टमा उषा थापा मोक्तान,सेक्रेटरिमा बुद्ध लामा र ट्रेजरमा लक्ष्मण क्षेत्री चयन हुनुभएकोछ ।

लायन्स क्लव अफ निजगढ पिसमा आबद्ध रहेका र हालै स्थानिय तह निर्वाचनबाट निर्वाचित भएका वडा नं८का वडा अध्यक्ष स्वर्ण लामा र नगर उध्योग वाणिज्य संघकी तेस्रो उपाध्यक्ष उषा थापा मोक्तानलाई लायन्सको प्रतिनिधित्व गर्दै सामाजिक क्षेत्रमा स्थापित भएको भन्दै सम्मान समेत गरिएको हो । कार्यक्रमको सन्चालन पवन श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम होटल राजमार्गमा भएको थियो । क्लवले निजगढमा रहेर विभिन्न सामाजिक क्षेत्रमा कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय