नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु), युवा संघ नेपाल र रिटर्नी फेडरेशनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हिजो बाराको निजगढमा राके जुलुसको प्रर्दशन गरेको छ ।

निजगढस्थित पुर्वपश्चिम लोकमार्गमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै राके जुलुस निकालेको हो । सरकारले पटकपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि मूल्य फिर्ताको माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनपछि आयोजित कोण सभामा एमाले निजगढका उपाध्यक्ष भोला गौतम, युवा संघ निजगढका अध्यक्ष माधब न्यौपाने र रिटर्नी फेडरेशनका कोन्द्रिय बरिष्ट उपाध्यक्ष उतम अधिकारी, एमाले नेता जयराम कुवर लगायतले मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ । मूल्य वृद्धि भएपछि एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ भने एक लिटर डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ पुगेको हो । कार्यक्रमको सन्चालन अनेरास्ववियु बाराका संयोजक श्याम कृष्ण घिमिरेले गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय