नेकपा एमालेको निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन निजगढ नगर कमिटीको प्रथम नगर सम्मेलन शनिवार सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा एमाले पोलिटव्यरो सदस्य एवम पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै त्यसलाई सुधारात्मक गरि सामाजिक परिवर्तनमा अनेरास्ववियुको महत्वपूर्ण रहेको बताउनुभयो ।


उक्त कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, एमाले प्रदेश कमिटी सदस्य एक बहादुर श्रेष्ठ, सुदर्शन कोईराला, अनेरास्ववियु स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेशका अध्यक्ष अन्जना शिवाकोटी, केन्द्रीय सचिवालय सदस्य त्रिलोक विक्रम शाह, केन्द्रीय सदस्य मनिष प्याकुरेल, जिल्ला सदस्य सरोज खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम विवश तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सतल सिंह बोम्जन, सचिव ईश्वरी तिमल्सिना, सहसचिव विशाल काफ्ले, मिना कटुवाल, रिमा गौतम, कोषाध्यक्ष कृतिका धिताल लगायत ३९ जना सदस्यता गठन गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिमा नेकपा एमालेका पोलिटब्युरो सदस्य पूरुषोत्तम पौडेल , विशिष्ट अतिथिहरुमा अनेरास्ववियुका बिद्यार्थी संगठनका प्रदेश अध्यक्ष अन्जना सिवाकोटी, अनेरास्ववियु प्रदेश सदस्य त्रिलोक विक्रम साह, प्रदेश कमिटी सदस्य एक बहादुुर श्रेष्ठ ,अतिथिहरुमा प्रदेश सदस्य सुर्दशन प्रसाद कोइराला, दुर्गा कोइराला, दिल बहादुर लामा, लिलादेवी लामिछाने, रामकृष्ण घिमिरे, बारा जिल्ला बिद्यार्थी ईन्चार्ज दुर्गा प्रसाद गौतम , अनेरास्वयुविय जिल्ला संयोजक श्यामकृष्ण घिमिरे, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ, बिद्यार्थी इन्चार्ज रोशन तिमल्सिना, र पार्टीका ब्यक्तिहरु तिलक घलान, जयराम कुँवर लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रम्ुख अतिथि पुरुषोत्तम पौडेल, बिशिष्ट अतिथि एक बहादुर श्रेष्ठ, त्रिलोक विक्रम साह, निरज सापकोटा लगायतको आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रम निजगढ नगरपालिका वडा नं. ९ स्थित गौरीशंकर क्याम्पसको सभा हलमा सम्पन्न भएको थियो भने कार्यक्रम जनक हुमगाईले संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय