लायन्स क्लब अफ निजगढ पिसद्वारा निजगढ नगरपालिकाको विभिन्न स्थानहरुमा  वृक्षारोपण गरेको छ ।

क्लबले निजगढ नगरपालिका वडा नम्बर ८ स्थित साङ्गाका टासीछोयोलिङ गुम्बा अबतारटोल, निजगढ नगरपालिका वडा नम्बर ४ को पर्वतनाथ महादेव मन्दिर पुरानो निजगढमा, निजगढ नगरपालिका वडा नम्बर ५ स्थित  पाल्देन दोयाङ गुम्बा ,निजगढ नगरपालिका वडा नम्बर ४ को गणेशमान पार्क (मोहोरी)को  प्राङ्गणमा वृक्षारोपण गरेको हो ।

क्लबका अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा वृक्षारोपण कार्यक्रममा रक्तचन्दन, अगरउड, रुद्राक्ष , कपुर, बेल , स्वामी, अमला निम लगायतका  १०० विरुवा रोपेको थिए । सो कार्यक्रममा इमिडियट पास्ट प्रेसिडेन्ट रन्जन लामिछाने , जोन चेयर पर्सन पवन श्रेष्ठ , सेकेरेटरी बुद्द लामा ,फस्ट भाएस प्रेसिडेन्ट सुदिप तिमल्सिना , सेकेन्ड भाइस प्रेसिडेन्ट उषा लामा मोक्तान, चार्टर्ड प्रेसिडेन्ट पदम प्रसाद तिमल्सिना , पास्ट प्रेसिडेन्ट विकास लामा , लायन्स सदस्य तथा वडा अध्यक्ष स्वर्ण लामा , लायन्स सदस्य सुरज गौतम , निर्दिप जोशी लगायत स्थानियहरुको उपस्तिथि रहेको थियो ।

लायन्स क्लब अफ निजगढ पिसद्वारा यस भन्दा अघि पनि यस्तै वृक्षारोपण र अन्य सामाजिक कार्य गरेको र आगामी दिनमा पनि गरिरहने बताउछन क्लबका अध्यक्ष विनोद घिमिरे ।

वृक्षारोपण संगै सरसफाई पनि

लायन्स क्लब अफ निजगढ पिसद्वारा वृक्षारोपण संगै सरसफाई पनि गरेको छ । निजगढ नगरपालीका वडा नं ८ स्थित गुम्बाको छेउछाउ र गुम्बाको प्राङ्गणमा सरसफाई गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय