निजगढ नगरपालिकाकि उपमेयर सोममाया थिङ्ग अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) निजगढ कमिटिका युवाहरु सँगै बारा जिल्लाको पर्यटकिय स्थल गणेशमान पार्क मोहोरी क्षेत्रमा सरसफाई गरेकी छिन ।

अनेरास्ववियुको नेत्री एवम निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग(मुना)को बिशेष उपस्थीतिमा पार्क क्षेत्रको पानीको खाली बोत्तल, प्लास्टिक खोल, झाडी लगायत सरसफाई गरिएको थियो ।

अनेरास्ववियु निजगढ नगर कमिटि अध्यक्ष बिवस तिमल्सिनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी संयोजक श्याम कृष्ण घिमिरे, नेकपा एमाले नगर कमिटी सदस्य एवम विद्यार्थी इन्चार्ज रोशन तिमल्सिना,अनेरास्ववियु जिल्ला कमिटी सदस्य संगिता गौतम, विद्यार्थी नेताहरु निरोज खतिवडा, पार्वती दाहाल, बिशाल काफ्ले लगायतको उपस्थीती रहेको थियो।

कार्यक्रममा बोल्दै उपमेयर  थिङ्गले हरेक युवाहरुले यसरीनै सरसफाईमा ध्यान दिए यस मोहरीमा पर्यटकको आकर्षण बढने बताउनु भएको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय